राजनितीका कुरा जान्नु बुझ्नु सकिन
गंगा सम्झीएर त्यसमा रुझ्नु सकिन
मानसपटल भरि विकार साँची बोकी
मन्दिर धाइ मैले देवता पुज्नु सकिन ।१।
विदेशीनु बाध्यता भयो भन्छे कान्छी
नोकरी गर्दा गर्दै जोवन गयो भन्छे कान्छी
जति समय बसे समुन्द्रपारी गुलाम भएर
मरुभुमी जीन्दगीले सहयो भन्छे कान्छी ।२।
हाम्रो देश नेपालको गाथा प्यारो
गौरव र्पूण साझा सगरमाथा प्यारो
गरिबीमा पिल्सीएर बाँचे पनि याँहा
हामी नेपालीलाई आफ्नै हाता प्यारो ।३।
भावना सुब्बा
२०६९/११/४
