Skip to content

माया भुल्न गारो रैछ


माया भुल्न गारो रैछ, मनमै बास बसेपछि
रुनु रैछ जिन्दगी नि, हाँसोले नै छाडेपछि

तिम्ले फेर्ने स्वास बन्छु, तिम्रो मुटु भित्र बसी
सपना बनी छाई दिउँला, तिम्रो परेलीमा पसी
यस्तै यस्तै खै के भन्थ्यै, तिमी मेरो सामु हुँदा
जाली माया जताई दिन्थै, तिम्रो मुहार हेर्दै रुँदा

माया भुल्न गारो रैछ, मनमै बास बसेपछि
रुनु रैछ जिन्दगी नि, हाँसोले नै छाडेपछि

धन भन्दा ठुलो यहाँ, हुन्न रैछ मन कहिल्यै
मुटु चुडाई दिन्नु गल्ती, बुद्धु थिएँ म नै पहिल्यै
घाम पानी जस्तो भन्थे, हैन रैछ माया त्यस्तो
बुझे माया सागर हुने, नत्र बन्ने छाल जस्तो

माया भुल्न गारो रैछ, मनमै बास बसेपछि
रुनु रैछ जिन्दगी नि, हाँसोले नै छाडेपछि । …….. दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *