Skip to content

कठै ! जिन्दगी यो

  • by


कठै ! जिन्दगी यो सरापै सरी भो
सधैँ चोट मिल्दा त पापै सरी भो

हरायो खुसीको सुनौलो बिहानी
नपाएर हाँसो अफापै सरी भो

पिरैमा डुबेरै बितेथ्यो जवानी
झनै यो बुढौती त धापै सरी भो

सुनाऊँ कसोरी दुखेको कहानी
भिजे यी परेली र तापै सरी भो

बसेको छ भित्रै नमीठो निसानी
लुकाएर राख्दा नि चापै सरी भो

(भुजङ्गप्रयात छन्द)
गण :- य य य य
सूत्र:- ISS ISS ISS ISS

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- रोचेस्टर, न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *