आफ्नो ठान या ठान पराई ,
केही त ठान तिमीले मलाई ।
मुटुमा माया छ भने भन,
सबैको सामु बेसरी कराई ।
तस्विर मेरो छ तिमीसँग
राखेको हेर दिलमा सजाई ।
खुसुक्क मनको ईसारा बुझ,
बिस्तारै भन्छु ललाई फकाई ।
बोलाउँदा मैले डरायौ किन ?
नढाँटी भन यो गीता समाई ।
copyright @ मोहन बिहानी
भक्तिपुर – सात सर्लाही
२०६९-फागुन ८ गते मङलबार

Utkritha Lagyo
Utkritha Lagyo