Skip to content

अन्याय अत्याचार खप्दै बस्न नपरोस


१.
आफ्नो छाडी पराई मन्त्र जप्दै बस्न नपरोस
विकृतीको आगोमा घ्यु थप्दै बस्न नपरोस
धर्ति संज्ञा पाएको छ भन्दैमा नारीले सदा
सबै अन्याय अत्याचार खप्दै बस्न नपरोस ।

२.
कुरो र कुलो जता बङग्यायो त्यतै बाङगीन्छ
रुखका हागा जति छाट्यो त्यति झ्याङगीन्छ
कंश,कौरव,रावण अहंकारले नासिएका थिए
र्विसन्छ जसले धरातल आफै नाङगीन्छ ।

३.
थाप्न छाडेन शिकारीले जाल
रक्षक नै भक्षक विर्गायो चाल
के को माहामारी फैलिएर हजुर
पर्नु जान्छ वुद्घिको अनिकाल ।

४.
उसलाई मनबाट बुझेकीछु
उसैको कल्पनामा डुबेकीछु
सपना विपना ओठ भरी देख्छु
उसैको कल्पनामा रुझेकीछु ।

५.
मुखले ठिक पार्नेको व्यवहार थारो हुन्छ
बानी लत परेपछि छुटाउन साह्रो हुन्छ
भन्न कति सहज हुन्छ तर यर्थाथमा
भनेको जस्तो पुर्याउन गाह्रो हुन्छ ।

६.
भविष्यको कुरा देख्न चाहेर कहाँ देखिन्छ
मायालाई जोख्न चाहेर कहाँ जोखिन्छ
कुनै पनि कुराको सिमा नाघ्नु व्यर्थ छ
पानी पनि धेरै उम्लियो भने पोखिन्छ ।

७.
अरुले हात्ती चड्दा घरको धुरी चड्न नपरोस
देखासेखी गर्ने भन्दैमा कुलत पढ्न नपरोस
परिबन्दमा पर्न सकिन्छ है भन्नु हुन्थ्यो बाले
कुरा नबुझी कसैको पक्षमा लड्न नपरोस ।

८.
क्षणिक पागलपन रिस हो
हाँसो उठाई हाल्ने कुरा पिस हो
जति नै मायाले चुमेता पनि आखिरमा
हामीलाई र्सपले दिने भनेको विष हो ।

९.
मान्छेको आउने जाने बाटो एउटै हो
धर्ति छाडी अन्तमा मिल्ने माटो एउटै हो
मात्र कारक तत्व फरक फरक हुन्छन
घाउ पछि बनेर रहेको खाटो एउटै हो ।

१०.
म सहन्छु कमजोरी ठान्छौ
मौन रहन्छु कमजोरी ठान्छौ
एकै ठाँउमा बसी रहे कुहिन्छ
नदी झै बहन्छु कमजोरी ठान्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *