पहिचान
हामी अनि हाम्रो राष्ट्रको
खोज्दा खोज्दै
थाकिसकेको छु म
मेरो दिमाग मेरो मन
एकृत्रित
हुन किन गाहो भो
अन्तरमनमा
उब्जिएका मेरा भावना
हरबखत मेरो मानसपटलमा
खेलिरहन्छन्
सोच्दै छु अझ पनि ।
के नेपाली हुनुको
कुनै अतित्व छैन
नेपालीको कुनै मुल्य छैन
नेपाली वीरहरूले
अस्तिसम्म
खुकुरी भिरी
त्यो पाल्पाली टोपी लगाउँदा
बैरी काम्ने गर्थ्ये
आज
मेरो खुकुरी गुलाम भो
शिरको टोपी
पाउमा गो
अनि संस्कृति, भाषा, परम्परा
रीतिरिवाज
विस्तारै विस्तारै
पश्चिमी देशको
संस्कृतिसँग
विलिन हुदै छ ।
राष्ट्र अञ्चल, लिल्ला भई
प्रदेश सम्मआई पुग्दा
मेरो राष्ट्रको नयाँ पहिचान
जातीय संरचना
लिम्बुवान,
किराँत,
शेर्पा,
तामाङ्गशालिन,
मगरत,
थारुहट,
नेवा,
खप्तड,
कर्णली,
प्रदेशमा विभिजित हुदै छ
वाईसी चौविसी राज्य झैं
टुक्रा टुक्रा,
खै कसरी पहिचान दिलाउँ
राष्ट्रको ।
मेरो देश,
बुद्धको देश,
सगरमाथाको देश,
मठ–मन्दिरको देश,
प्राकृतिक सौर्दयका देश,
मेरो देश,
नेपाली वीरहरूको देश,
विस्तारै विस्तारै सकिदैछ
विश्वमान्चित्रमा
झन झन खुम्चदै छ ।
हामी अनि हाम्रो राष्ट्रको पहिचान ।।……दर्पण
