धरोधर्म सत्य बोल्छु, लुकाएको छैन ।
नेपाली हुँ कतै शिर, झुकाएको छैन ।
परदेशमै शरिर बेचेँ, आत्मा छ नि चोखो
पर्ख आमा ऋण तिम्रो, चुकाएको छैन ।
स्वाभिमान् इमान् मेरो, झुक्छ झण्डा सामु
शान्ति पथ्मा चाल्दा पाईला, रुकाएको छैन ।
मिठो बोली हाँसी दिन्छु, नसम्झनु लाचार
विरताको गाथा अझै, फुकाएको छैन ।
पर्दा भूमि रक्षा गर्छु, जागी बैरीमाथि
गोर्खाली पो आलो घाऊ, सुकाएको छैन ।…..दर्पण
