आफ्नै पाउले टेक्न सिकौं, स्वविवेकले चलौं हामी
बाहिरी सहारा चाहिन्न भो, आफै दियो बालौं हामी
सबै अर्ती दिने हुन्छन हाम्रो ईज्जत टेकी यहाँ
धावा बोल्छन् मौका मिल्दा, निरिह हामी देखि यहाँ
गरौं साहस देशको खातिर, ढल्नुपरे ढलौं हामी
बाहिरी सहारा चाहिन्न भो, आफै दियो बालौं हामी
पखेरीमा जन्मी हुर्की पखेरीमै नाच्ने हामी
साक्षी छ ईतिहास हाम्रो, बैरी शिर भाँच्ने हामी
टुट्ने झर्ने हैन अब एक ढिक्का भै फलौं हामी
बाहिरी सहारा चाहिन्न भो, आफै दियो बालौं हामी
आफ्नो पाउले टेक्न सिकौं, स्वविवेकले चलौं हामी
बाहिरी सहारा चाहिन्न भो, आफै दियो बालौं हामी
राजेश रुम्बा लामा “अतृप्त”
१८/०८/२०११