यता माया टुटाएर पराईसँग जोड्यौ आखिर
नचाहँदा नचाहँदै सम्बन्धलाई तोड्यौ आखिर
अन्तिम चोटि भेट्छु भन्दै पारिबाट आउदै थिएँ
वारि हुदै बेसीबाटै आउने बाटो मोड्यौ आखिर
आज तिम्रो बियोगमा छट्पटिदै भुइमा लड्दा
सिउदोमा एक धर्को सिन्दुरले कोर्यौ आखिर
सँगै बच्ने सँगै मर्ने मुटु यौटै थियो भन्थ्यौ
नशाबाटै छुट्याएर त्यै मुटु नि छोड्यौ आखिर
भरतपुर- १३, गजलकुन्ज
चितवन
