Skip to content

जे गर्दा फाइदा हुन्छ त्यही गर्नु पर्छ


जे गर्दा फाइदा हुन्छ त्यही गर्नु पर्छ
हारपछि जीत हुन्छ मुस्कान छर्नु पर्छ

काने खुशी गर्दै कुरा काट्दा नडर्नु है
रुवाइ पछि हाँसो आउछ अघि सर्नु पर्छ

स्वार्थी छ संसार कर्म गर्दै अघि बडौँ
उत्साह, उमंगले आफै जीवन भर्नु पर्छ

सके जति गरौ केही समय रहेसम्म
भैतिक जीवन एक दिन त मर्नु पर्छ

२०६९/९/१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *