पाएँ मैले मेरो नाममा एउटा चिठ्ठी
चिठ्ठीको प्रेषक वेनामी
जाग्यो उत्सुकता अति तिव्र भएर
हतार च्याते खामको छेउ
तिमीले पठाएकी रहिछौ
दोहोर्याएर पढे
भूले केही क्षण आफैलाई
बषौ भएछ भेट नगरेको
भलाकुसारी नगरेको
हिजो अस्ति जस्तो लाग्छ छुट्िएको
कति छिटो वितेछ समय
थाहा नपाइकनै
समय कति वलवान
पर्खैदैन कसैलाई
बगिरहन्छ निरन्तर
जहाँको त्यही म
तिम्रो चिठ्ठी पढेर लाग्यो
फगत म बाँचिरहेछु
आफैलाई ढाँटिरहेछु
म त्यही पोयो बाटिरहेछु
जुन पराधीनको
यसरी रमाइरहेछु
जसरी फूलमा भवरा रमाएर भुन भुनाउँछ
आभार व्यक्त गर्ने शब्द भेटिन
अलमलमा परे तिम्रो शब्द शब्दले
उत्सुकता जाग्यो
केही उर्जा थपियो
केही साहस बटुले
साच्चै सुमि तिम्रो विचार कति धारिलो छ
“गाईलाई पराल हाली दिएर हरियो
चश्मा लगाइदिई हरियो घाँस देखायो
तर अप्सोच स्वाद थाहा नपाएको
बाहना गरी बाँच्नु अनि मनु स्मृती र
बधु शिक्षाले मन मस्तिष्कमा राज
गरेको तितो सत्य
हामी युगौ देखि वन्चित हुदै आयौ मान्छे हुनु
२१औ शताब्दी आयो तर
युग १८औ शताब्दीमा छ
भेषभुषा बोलीचालीमा परिर्वतन
तर मानस पटलभरि त्यही पुरातन कुरा
जुन कदम उठाइ आह्वान गरेकी छौ
कामना गर्छु आत्मासात गरेर
त्यसरी नै बढि रहुन त्यो जोस जागर
त्यो साहस कुरिती विरुद्धमा
अध्यारोमा उज्यालो पोखी दियौ
दुवो झै फैलिउन तिम्रा चाहना
गन्तव्यमा पुग्न सफल होउन भावना
तिमीले देखाएको बाटोमा
अनुयायीहरू बढुन सफल तब हुनेछौ
जब म र म पछाडि क्रमश …..
एक्यबद्ध भएर उन्मुक्त हासो हास्न सकौ
एकताको माला गास्न सकौ
त्योभन्दा बढि हामी वस्तु हैन
मान्छे भएर बाँच्न सकौ र केही गर्न सकौ
आत्मा निर्णयको अधिकार गर्न सकौ
स्वाधीनतामा रमाउन सकौ
बस तिम्रो, मेरो, हाम्रो साझा उद्धेश्यले
आधा आकाश खुल्न सकोस
त्यही वगैचामा फूल्न सकौ
जुन वगैचामा वन्चित हुन पर्यो ।
२०६४।३।४ (रचना काल)
