Skip to content

जेलरको डायरीबाट

  • by


आजकल अचानक हेमन्त घोरिएको देखें । ऊ कसैसँग त्यति घुलमिल हुदैन । चुपचाप एक्लो कुनामा बसेर घोरिरहन्छ । उसलाई ज्यान मुद्दामा यहा ल्याएको पनि धेरै भयो । उसलाई भेट्न कोही आएको देखिन । चाडपर्वमा ऊ झन् बिरक्तिन्छ । मैले आफ्नो घरबाट ल्याएको काने कुरा दिदा उसका आँखा रसाउछ । भावुक हुदै भन्छ हजुर जस्तो मानिस मेरो जीवनमा साथसहयोग पाएको भए मेरो जीवनले मुक्ति पाउथ्यो उसका भनाइले मलाई च्वास्स घोच्यो । सोचे यसलाई ज्यान मुद्दामा फसाइएको हो भनी अड्कल काटें । उसका दिन चर्या हेर्दै गएँ त्यस रात उसैको बारेमा सोचिरहें । जे होस् उसका कुरा मैले सुन्नु पर्छ । उसलाई मेरो नजिक बोलाएँ ऊ झन्डै २४/२५ बर्षको हुदो हो । ऊ केही आशावादी हुदै आएको अनुमान लगाएँ उसलाई सोध पुछ गर्दै थिएँ । ऊ आफ्नो जीवनका कथा यसरी व्यक्त गर्दै थियो ।

मेरो नाम हेमन्त बर्मा, दाइ र दिदी र तीन जना सन्तान थियौ । बाबा जड्याहा जुवाडे हुनुहुन्थ्यो । घरको अबश्था एकदमै नाजुक थियो । दाइ दिदीले आफै घर जम गरी गाउँ नै छोडेर गएपछि आमा र म थियौ । बाबा त कहिलेकाही आउने । आएर पनि रोगी आमालाई कुटीकुटी हैरान पार्नु हुन्थ्यो । म सानो थिएँ, बिरामी आमा मलाई टुलुटुलु हेरेर आशु बगाउनुहुन्थ्यो ।

केही समय पछि आमा बितेपछि म घरमा रम्न सकिन । आमा छ्न्जेल म घर कहिल्यै छोडिन ।

आमा बितेको एक बर्ष पछि बाबाले गाउकै एक बिधुवासित हिमचिम भएछ । मेरी सौतेनी आमा बनेर आए पछि मलाई आफ्नो सन्तान झैँ माया गर्नु हुन्थ्यो । समाजले के भन्न बाँकी राखेनन् । म सम्झन्छु मेरी आमा रोगी हुनुहुन्थ्यो । औषधी गर्दा गर्दै बित्नु भयो । मेरो बारेमा अचाक्ली पिर मानुहुन्थ्यो ।

म बिस्तारै खराव संगतमा लागेँ । दाइ दिदी सबै आफ्फ्नो घरजम गरिसकेका थिए । म धेरै बर्ष पछि जन्मिएको कान्छो सन्तान थिएँ । आमाले छोडेर गए पछि मेरो चासो न बाबाले गर्नु भयो न दाइ दिदीले नै । गाउका मानिस मलाई देख्दा पनि घृणाले हेर्थे । म आफूले कुनै अपराधीक काम अँझै गरिसकेको थिइन । म आफ्नो आमाको सम्झनामा दिन रात कटाएको हुन्थें ।

घाउ घरमा कसैले केही बदमासी गर्यो भने मलाई पोल्द्थे । मलाई कम्ति रिस उठ्दैनथ्यो ? चुपचाप हेर्थें । कत्ति गर्दा पनि नमानेपछि रिसले जे देख्यो त्यसैले हिर्काइ दिन्थें । बल्ल मेरो अगाडि मानिस पर्न छोडे ।

मैले हजारपल्टभन्दा पनि “तैले नगरे कस्ले गर्यो यो बदमासी ?” भनेर भन्थे ।

म गाउ बस्तीमा बस्न सकिन र शहर पसें ।

शहर पनि कम्ति दुष्ट रहेनछ । पहिलो दिन म भोकभोकै रात बिताएँ । छेउमा पागल जस्तो तर सज्जन देखें । उसले मलाई बोलाएर आफ्नो झोलाबाट च्युरा दियो घिन लागि लागि खाएँ । उसले नजिक बोलाएर सम्पूर्ण कुरा सोध्यो । धेरै सम्झायो । हामी त्यो ठाउ छोडेर एक सुरक्षित ठाउमा बस्न पुग्यौं ।

उसले यौटा कारखानामा लिएर गयो । मैले त्यही काम गर्न थालें । ऊ दिनभरी डुल्दथ्यो । आफ्ना सारा कुरा सुनाउथ्यो । म उसलाई आफ्नो अभिभावक मान्दै गएँ । आफ्नो घाउ घरको याद आउथ्यो । उसले पराई बनाए पनि म त्यो गाउमा जन्मे हुर्के । सारा कुरा सम्झें, समाजका सबै मानिस कहा जाति हुन्छन र ? मुरारी काका, बिष्णु दाइ, अमृता दिदीले कति माया गर्नु हुन्थ्यो ? अरुलाई त सम्झन पनि घृणा लागेर आउछ ।

“हेमन्त तिमी निर्दोष जस्तो लाग्छ आखिरी कसरी जेलमा पर्यौ ?” मैले सोधेको थिएँ ।

उसले आफ्नो अतित फेरि सुरु गर्यो ।

मैले राम्रो काम गर्दै गएँ, २/३ बर्षमा मैले आफ्नो आर्थिक अवस्था कायम बनाए । एउटा घडेरी किने । एक जना आफैसँग काम गर्ने सहकर्मी शिलासँग मेरो माया बस्यो । हामीलाई जात भातको कुनै सरोकार थिएन । अन्तरजातीय विवाह थियो । हाम्रो विवाह भए पछि मलाई मार्ने धम्की दिएको थियो । शिला आत्तिएकी थिइन् । बिशेष गरी राजनीति र जातीय समुहबाट अनेकौं दबाब आएको थियो । मैले “हाम्रो सुरक्षा होस् हामीलाई कुनै पनि बेलामा केही घटना घट्ने सम्भावना थियो” भनी प्रहरी प्रशासनमा उजुरी दिएको थिएँ ।

नभन्दै शिलालाई अपहरण गरियो अँझसम्म अत्तो पत्तो छैन । उनैलाई मारेको भनेर बेवारिस लाश ल्याएर मलाई हत्या गरेको भनी आरोप लगाएर मुद्दा चलाइएको हो । मलाई चिन्ने जान्ने यो शहरमा मसँग काम गर्ने साथीहरू हुनुहुन्छ । उहालाई उक्त अपराधीक समुहले दबाब दिएको हुनाले बोल्न सक्नु भएको छैन । मेरा संरक्षक अँझै त्यही घरमा हुनुहुन्छ जसले मलाई जीवन संघर्षमा बाच्ने सहारा दिनुभयो । शायद मेरो जानकारी थाहा भएको भए जरुर मलाई भेट्न आउनु हुन्थ्यो । शिलालाई दिन रात सम्झेकोछु । कस्ता कस्ता सुन्दर सपना कल्पेका थियौ ? आज लाग्छ दैवले हामीलाई दण्ड दिएर भोगिरहेका छौ । हो सर म अचम्म छु यत्रो बर्षसम्म शिला कहा होलिन ? उनीसँग तीन महिनाको गर्भ थियो ।

“मलाई जानकारी दिन सक्छौ जसले तिमीलाई काम लगाए कहाँ होलान ? एक पल्ट भेट्न चाहन्छु,” मैले भनेँ ।

ऊ अत्यन्त भावुक बन्यो र भन्यो शायद उहाँलाई उनीहरूले सफाया गरिसकेको हुनुपर्छ । किनकि जुन दिन शिलालाई अपहरण भयो बेलुकी मलाई प्रहरीले चौकीमा लिएर गयो म उनलाई आनन्द काका भन्थें समाज र संसारलाई छोडिसकेकोले उनी जोगी जस्तै थिए । हुनसक्छ बाचेको पनि, बर्ष ७० /७५ जति अग्ला मोटा, पहेलो झोला हातमा मुरेली र कमण्डलु बोकेका हुन्छन । पहेलो तेस्रो तिको लगाएका । प्राय बर पिपलको छहारीमा बस्न रुचाउने । नदीको बालुवामा पल्टने उनको स्वाभाव र चरित्र हो ।

आज मलाई अचानक बर्षौं अघि हराएका कान्छा साहुको याद आयो । गरिब दीन दुखीको लागि मरिमेट्ने उनको चरित्रसँग हुलिया मिल्यो । नाताले मामा पर्ने मैले खोज्ने पर्ने भयो ।
मैले आफ्नो साथी इन्स्पेक्टर रमेशजंग थापालाई सम्झें । हेमन्तको सारा कुरा मैले रेकर्ड गरें । एक निर्दोष नागरिक कसरी जेलमा पुग्यो । मैले यो काम सुम्पने बिचार गरें, मैले फोन गरें, ऊ तुरुन्त आयो ।

मैले हेमन्तको बारेमा, र मामा को बारेमा जानकारी बताएँ । उसको हेराइले म ढुक्क भएँ । उसले बर्षौं अघिका कागजात हेर्दै अपराधीसँग राजनीति व्यक्तिका सम्बन्ध केलाउदै जादा एक अनौठो घटना पत्ता लाग्यो । जुन हेमन्तको मुद्दा बारे उल्लेख थियो । सम्बन्धित मानिसको विवरण खोजियो । शिलाको अवस्था बारे गोप्य सुचना मिल्यो । यही नै यस मुद्दाको किनारा लागाउने आधार थियो । साथमा तीन बर्षको बालक पनिरहेको पत्तो लाग्यो ।

हेमन्तलाई अर्को दिन कुरा गरुला भनी बिदा दिदै भनेँ,”अब तिमीलाई जे जसरी हुन्छ म निकाल्द्छु पिर नगर ।”

ऊ बालक झैँ रोयो । उसमा जीवन फिर्ता भए जस्तो लाग्यो,”हजुरलाई लाख लाख छ । म निर्दोषलाई निकाल्नु भयो भने हजुरको कल्याण भगवानले गर्ने छन ।”

नभन्दै भोलिपल्ट आफ्नो अगाडि शिला र छोरा देख्दा ऊ कति खुशी भए होला ? सम्पूर्ण कानूनी प्रकिया पुरा गरेपछि एक जना आफ्नै सहकर्मी राजेशले (राजेशले शिलालाई विवाह गर्न चाहेको थियो । शिला उसँग खुशी थिइन यसैको बदला लिन यसले यस्तो घिनलाग्दो अपराध गरेको बुझिन आएको थियो ।) देख्दा ऊ तीन छक्क पर्छ । उसले आफ्नो अपराध स्वीकारिसकेकोले हेमन्त सरकारी कागजात मिलाएर भोलिपल्ट निस्कँदै छ । यत्रो समय बिना अपराध त्यसको क्षतिपूर्ति कस्ले दिने ?उता आफ्नो आर्थिक हिनामिना भएको पारिबारिक सम्बन्धमा अबरोध पुराए बापतको क्षतिपूर्ति सम्बन्धित दोषीबाट लिनुपर्ने आदेश जारी हुन्छ ।

हेमन्त शिलाको भेट हुन्छ । साथमा सानो बालक नारायण काकासँग देखिन्छ । अर्थात साहुमामा अहिले जीवनको नया खुशी पाएको अनुभूति गरें । उनले आफ्नो अकथा सुनाउने कुरा गरेको पनि धेरै भयो ।

यदि हेमन्तले मेरो सामु आफ्नो जीवनका वास्तविक काहनी नबताएको भए शायद ऊ बिना कसुर जीवन भरि जेलमै सड्ने थियो ।

उसका आँखा अँझै ओभाएका थिएनन, उसको जीवनका यथार्थ कथा मैले सुनाए, मेरो जेलर जीवनको एक सम्झनालायक घटना सम्झेको छु ।

(यो कथा काल्पनिक हो कोही कसैसँग कुनै सरोकार राख्दैन पात्र मिल्न गएमा संयोग मात्र हुनेछ –जलद)

मोहन आचार्य “जलद”
प्रगतिनगर, नवलपुर नवलपरासी
हाल लिस्बोन पोर्तुगल
दिनांक १६ जुलाई २०१३ लिस्बोन

Leave a Reply

Your email address will not be published. Required fields are marked *