Skip to content

म हारेर फर्के (कविता)


उसैले जिति, म हारेर फर्के
पुरै दशदिन जुठो बारेर फर्के

सम्झनाका छालहरू उर्लदै थियो
अहंकार मनभित्र कुर्लदै थियो
त्यो युद्द आफैसँग आफ्नैलागि
आखिरमा आफैलाई पछारेर फर्के

उसैले जिति, म हारेर फर्के
पुरै दशदिन जुठो बारेर फर्के

ऊ सगै मात्र म रमाउछु भन्थें
परेछ भने खुट्टै समाउछु भन्थें
फकाउछु म घर ल्याउछु भन्थें
तर तुहाइ सपना आश मारेर फर्के

उसैले जिति, म हारेर फर्के
पुरै दशदिन जुठो बारेर फर्के

फैलिएको यो हल्ला सुनेपछि
थियो कसैको सल्ला सुनेपछि
यो मनमा नफरतको बिउ रोपेर
दुश्मनिको बिउवा उमारेर फर्के

उसैले जिति, म हारेर फर्के
पुरै दशदिन जुठो बारेर फर्के

Leave a Reply

Your email address will not be published. Required fields are marked *