Skip to content

दुई मुक्तक (कालो बादल मडराउँछ)


१)
कालो बादल मडराउँछ सूर्य देवलाई डस्छ
चारैतिर कालो छर्छ सबमा कालो रूप घस्छ
क्षणिक हुन्छ ग्रहण त हट्नै पर्छ हट्छ
पुनः सूर्य उदाउँछन् यिनमा देह सिच्ने रस छ

२)
माताजीको दूधको भारा कस्ले तिर्न सक्छ
पृथ्वी हुन् माताजी त संसार थाम्ने् जग छ
यिनको सेवा गर्न सके धामिर्क मुक्ति मिल्छ
मायाको हो यो संसार प्रेमसुधा बग्छ बग्छ

सदानन्द अभागी
कावा सोती, शान्तिचोक,२०७०/४/१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *