Skip to content

मेरो क्यानभासमा तिमी


मेरो क्यानभासमा तिमी
नौलो आभाषमा तिमी

औंसीको रात जुनकिरीको
मधुरो त्यो प्रकाशमा तिमी

विकटमा थिए वर्षौंसम्म
भएको यी विकासमा तिमी

घातले पुर्ण यो दुनियामा
गरेको विश्वासमा तिमी

हप्हपी यो प्रचण्ड घाम
शितल वतासमा तिमी ।

२०६९- ११- ८

Leave a Reply

Your email address will not be published. Required fields are marked *