यो जीवन केवल आशै आशमा बाँच्दै
भोलिको मीठो कल्पना सजाउँदै
आजलाई भोलिमा हराउन पर्छ,
यो जीवन केवल आशै आशमा बाँच्दै
भोलिको मीठो सम्झना सजाउँदै
आजलाई भोलिमा हराउन पर्छ ।
केवल भोलिलाई पाउनलाई
कहिले यहाँ बाँचेर पनि
जिउँदो लाश सरह बाँच्नु पर्दछ,
कहिले प्यासले छट्पटाउँदै
कहिले मरुभूमिको रुखो बालुवा सरि
कहिले मरुभूमिको तातो बालुवामा खाली
पैतालाले टेक्दै हिंड्नु पर्दछ,
कहिले भोलिलाई पाएर पनि
मृगतृष्णा जस्तो हराउन पर्दछ,
केवल भोलिलाई पाउनलाई
यसैले या जीवन कयौं युगयुगदेखि
भोलि भोलिको आशामा बाँचेको छ ।
चर्चा साप्ताहिक, २०४६ फागुन १५ गते प्रकाशित
