Skip to content

पलाष्टिकको (गजल)


तिम्रो गुनासो पलाष्टिकको
उफ्, त्यो हासो पलाष्टिकको

मेरो चोटभित्र रमिता खोज्ने
हेर ! चासो पलाष्टिकको
उफ्, त्यो हासो पलाष्टिकको

बाटोमा धराप छ मेरोलागि
बेकामि पासो पलाष्टिकको
उफ्, त्यो हासो पलाष्टिकको

मुटु चिनो धेरैदिन टिकेन
तिम्रो नासो पलाष्टिकको
उफ्, त्यो हासो पलाष्टिकको

निर्जललाई आझ बिउझाउन
कुखुरा बास्यो पलाष्टिकको
तिम्रो गुनासो पलाष्टिकको
उफ्, त्यो हासो पलाष्टिकको

Leave a Reply

Your email address will not be published. Required fields are marked *