Skip to content

ब्यूँझ नारी तिमी ब्यूँझ


रचनाहरूको खेस्रा खोज्दा भेटे १३ वर्ष पुरानो डायरी त्यही डायरीको कविता हो यो ।

ब्यूँझ नारी तिमी ब्यूँझ
चुप नबस समय छ भनेर अझ
पाउन आफ्नो अधिकार नहट पछि
नत्र पर्नेछौ जालमा परेको झै माछी
निर्वल, असक्षम सम्झनेहरू नारीलाई
शोषण गरी दबाउने छन् फेरि फेरि
त्यसैले ब्यूँझ नारी तिमी ब्यूँझ
मौका नदेऊ तिमी भन्ने कसैलाई
पुरुष सरह उत्तराधिकारी हरेक कार्यको तिमी
नबस चुप डर त्रासली कामी कामी
तयार हौ लिन आफ्नो अधिकार
नत्र हुनेछौ शोषकहरूको शिकार
निकाली देऊ त्रासको भावना मनदेखि
बन तिमी हाक्की र बढ अघि
सधै सबै कुरामा दोष दिई लान्छना
लगाउनेहरूलाई देखाई देऊ तिमी आफ्नो पौरखी
कति खाइ बस्छौ कटु वचन
हिम्मत गर तोडनलाई बनधन
नारीको जीवन हैन कसैको बन्दगी
त्यसैले बढ अघि बनाउन जिन्दगी
निकाल भासिएको आवाजलाई अनि
चुनौती देऊ विकृति फैलाई शोषण गर्ने
समाजका भद्र भलाद्मीलाई
फुकाई देऊ नारीलाई लगाएको फासी
हैनन् नारी कसैको पनि दासी
आफ्नो अधिकारको हुन नदेऊ हरण
नत्र बाचेर पनि हुनेछ तिम्रो मरण
अनि बस्नु पर्छ फेरि दबेर जहिल्यै
हुने छैन प्रगति र उन्नती कहिल्यै
सरण नपरिकनै कसैको
उद्धाहरण बनिदेऊ नारी जातिको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *