Skip to content

तीन मुक्तक (खै केको आसमा, बटुलेर हाडखोर, भरेर आउनु)


(१)
तरबार खुडाँ बोकेर हिड्छौँ, खै केको आसमा
पाप र धर्म सँगै नै जान्छ, एकमुठी सासमा
देशको सिमा बारेर तिमी, पर्खाल लगाउँछौ,
मरेर कस्ले के लान्छ भन, त्यो नाङ्गो लासमा

(२)
जिउँदै छदाँ क्रिया गर्यौ, बटुलेर हाडखोर
मेरो छोडी फेरि अर्काको, समाल्यौ बागडोर
दुनियाँलाई फसाउँदै, जालमा पारी हिडिछौ,
दैव छन् नि हुन्छ तिम्रो, कर्तुतको भण्डाफोर

(३)
बटुली खुसी उमङ्ग मनमा, भरेर आउनु
खुल्ला छ मेरो मनको ढोका, चरेर आउनु
म छु नि तिम्रो सधै नै तिम्रो, रति पिर नमानी
कस्तुरी बनी मायाको सुवास, छरेर आउनु ……..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *