अटाएको छ लाखौ लाख
तिम्रो न्यानो काखमा
तिम्रै प्रतिविम्वको स्वरुप
बसेको छ सबैको नयनहरूमा
संसारले चिनेको छ सगरमाथाको देश भनी
अनि त मन पराउछन् आगनतुकहरूले
यहाँको भाषा र भेष पनि
प्रियतर बनेको छ तिम्रो
सबैको निम्ति गाथा
एक पटक दृष्टि लगाउन
आउछन बोकेर आस्था
देखेरै होला तिमीलाई
भए कति कवि, कवयित्री
मनोमोहक दृष्य राख्छन
पर्यटकहरूले नेपाल भित्री
तिमी नै हौ अमुल्य नेपालको मोती
आनन्दित हुन्छन सबै देखेर तिम्रै ज्योति
देशको निम्ति आय स्रोत बनेकोछ
पर्यटक स्थल नेपाललाई गनेकोछ
रमाउछन यहाँको हिमाली संघार तर्दा
आकर्षित छन् पर्यटक सगरमाथाले गर्दा
सगरमाथाले गर्दा ।
२०६२-१-७
First published in Majheri on : 2013-03-14 22:29:15 +0900
