ऊराठ लाग्दो जीवन मेरो, हारेको जिन्दगी
कालले पनि बिस्तारै यहाँ, सारेको जिन्दगी
अँध्यारो छायो पीडाले जेली, नबुझ्दै संसार
दैवले पनि मोहनी जालमा, पारेको जिन्दगी
जात भो ठुलो मान्छे भो सानो, नियम बिचित्र
बन्दैछ यहाँ चँदुवा जस्तो, बारेको जिन्दगी
नाता र गोता आफन्त पनि, पराई भै गए
हलो र जुवा काधैमा राखी, नारेको जिन्दगी
कत्थके भैं यो कर्तव्य बोध, नहुँदा आफैमा
निकम्बा भनी सबैले तल, झारेको जिन्दगी ……दर्पण
