दशैंको टीका
त्यतिबेला सम्म जिउंदो रहे भने,
च्याण्टेको आमाको सिउंदो रहे भने,
काका! यसपालीको दशैंमा
टीका लागाउन आउंदै छु।
आषिश थाप्न आउंदै छु।
भो काका,
खसी किन्न हाट जानु पर्दैन।
ज्यानमारा साहुको लात खानु पर्दैन।
बाटा भरि बारुद हरु होलान्,
निस्तब्ध रात फेरि चिर्नु पर्दैन।
मान्छेको मोल खसी भन्दा सस्तो भएको बेला,
बोली भन्द सस्तो गोली भएको बेला।
काका,
चुकुल लगाऔं
र सुकुलमा बसौं।
अर्को साल भेट होला न होला,
यसैपाली आगौंको भाग समेत
टिका लगाइ दिनुस्,
मान्छेको म्रित्यु मर्न सकुं
यही आषिश दिनुस्।

Actually, this poem is very
Actually, this poem is very sentimental upon the currecnt situation of Nepal.
Actually the work was
Actually the work was published in sajha.com last year. This time I have posted as
यसपाली दशैं छैन!!!!!!!!!
परार् पाखो बेचेर खसी किनेथ्यो भञ्ज्याङे काइलाले
खसी काटेर बर्ष दिनको खुशी मनाउन काइदाले
अष्टमी को दिन थियो,
पूजा सक्याएर,
भूजा ज्युनार गरेर
आँगनै भरी फुलेका
हास्न भुलेका
नाती नातीनी संग खेल्दै
जीवनको उत्तरार्ध पनि भुल्दै
काइला रम्दै थिए,
काइला जिम्दै थिए।
साँझ नपर्दै रात आयो,
अज्ञात कुनै हात आयो,
धेरै बर्ष पछीको खुशी
धेरै दु:खले किनेको खसी
चन्दाको धन्दा गर्नेले
दण्डा देखाउदै मागे
काइलाले खुशी फर्काउन मानेन
खसी दिन चाहेन।
खसी के काट्नु पाउनु
काइला आँफै काटिए ।
यसरी दशैं
दशासंग साटिए ।
त्यसैले कान्छा,
यस्पाली
टिकेस नकाटेस,
दसैं उतै मनाएस्,
टिका उतै लगाएस
गाम मा दशैं छैन,
यता टिका पनि
जमरा पनि
न लगा भन्ने उर्दी जारी हुन बेर छैन
बिना वर्दी भारी हुन बेर छैन।
मान्छे को मोल भन्दा
पशु को मोल ज्यादा भएको देशमा
पशु काट्न मनाही छ,
खसी संग खुशी साट्न मनाही छ।
अस्तु!
hi this is good poem
hi this is good poem
malai yo comment dherai man
malai yo comment dherai man paryou
thanx for that poem can we
thanx for that poem can we read more from you
राम्रो लाग्यो
त्यसैले
राम्रो लाग्यो
त्यसैले कान्छा,
यस्पाली
टिकेस नकाटेस,
दसैं उतै मनाएस्,
टिका उतै लगाएस
yo poem actual bhayekole more
yo poem actual bhayekole more ramro lagyo so dashai chhoto mitho gari manau
Hi, I’m using Firefox and for
Hi, I’m using Firefox and for some reason the fonts on your site are gigantic. All the other sites I usually browse show up normally except yours.
To Charlie
चार्लीज्यू,
म आफैं पनि फायरफक्स चलाउँदैछु र त्यस्तो समस्या आएको छैन । तपाईंको ‘फन्ट साइज’को सेटिङ परिवर्तन गरेर हेर्ने कि?