Skip to content

न घरको न घाटको जिन्दगी


न घरको न घाटको जिन्दगी
न भुईको न खाटको जिन्दगी

भीरको चिण्डो उधो न उभो
न ढाटको न आँटको जिन्दगी

पाइला जति सार्यो जहाँको त्यही
न ठाटको न गाँठको जिन्दगी

बड्छ भनि गर्यो केही तुरिन्छ
न छाँटको न फाँटको जिन्दगी

भरि नि छैन रित्तो पनि छैन
न हाटको न टाटको जिन्दगी

कोपीला फुल्न फल्न सकेन
न डाँठको न काठको जिन्दगी

नास्तिक हैन आस्तिक नि हैन
न मठको न पूजापाठको जिन्दगी ।

२०६९-१२-६

2 thoughts on “न घरको न घाटको जिन्दगी”

  1. धन्यबाद…………!
    धन्यबाद…………!

    Lekhnima urja badyo.
    umanga sikhar chadyo.

Leave a Reply

Your email address will not be published. Required fields are marked *