दियौ मलाई उपहार गतिलै तिमीले
बिर्सेर मलाई आज सजिलै तिमीले !
जिन्दगी तिमीबिना मरुभूमि भयो अब
बाँच्ने आधार दिएका थियौ रसिलै तिमीले !
कसिंगर त थिएँ दुनियाको नजरमा
आफ्नो आँसुझैं झार्यो बरिलै तिमीले !
समयले दिने चोटहरू कहाँ कम थिए
आज बेदनाको थप्पड़ दियौ कसिलै तिमीले !
www.binodmaharjan.blogspot.com