Skip to content

पाँच हाइकु (देउरालीमा)

  • by

(१)
देउरालीमा
साँचो प्रेम भाकेर
जुनी काट्नु छ

(२)
मानिसहरू
किराले खाको रूख
देख्दा सर्लक्क

(३)
तिमी म र ऊ
अरू केही होइन
समय पुत्ला

(४)
कर्कलो पानी
पलपल ढल्पल
तप्प भुइँमा

(५)
बसको यात्री
स्टेसन आएपछि
आ-आफ्नै बाटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *