सयौ कोशिश गर्दा पनि,
हार मात्रै हात पर्छ,
म भित्रै पो खोट छ कि ?
जन्म दिन जानेपछि,
कर्म दिन नजान्ने त्यो,
भगवानकै पो दोस छ कि ?
माटो छोयो बलुवा बन्छ, बाटो टेक्यो भत्किन्छ,
आँफै माथि आकाश खस्दा यो मन कति चस्किन्छ ।
सयौ कोशिश गर्दा पनि,
हार मात्रै हात पर्छ,
म भित्रै पो खोट छ कि ?
जन्म दिन जानेपछि,
कर्म दिन नजान्ने त्यो,
भगवानकै पो दोस छ कि ?
बिहानी मै रात पर्छ, दिप जलाउ सब सल्किन्छ,
अमृत बाड्यो बिस बन्छ, सपना सबै थन्किन्छ ।
सयौ कोशिश गर्दा पनि,
हार मात्रै हात पर्छ,
म भित्रै पो खोट छ कि ?
जन्म दिन जानेपछि,
कर्म दिन नजान्ने त्यो,
भगवानकै पो दोस छ कि ? -सुजन सेलिङ
नोट्: यो गीत संगीत र स्वरको लागि बरिस्ठ संगीतकार तथा गायक दाइ बालन्द राईलाई दिएको – ३१ अगस्ट २०१३
