निक्कै दिनदेखि नियालिरहें
माईक्रो बसका झ्यालबाट
हुरहुरिएको मेसिन अडिन्थेन त्यहाँ
जहाँ तिमी उभिएकी थियौं
म काम बिनाको वेफुर्सद मान्छे
त्यसैले तिमीसँग ननारिए पनि
मुन्टो बटारेर हेर्थे तिम्रो पैताला
देख्थे तिम्रो सेरोफेरो फलामे सिक्रिले धेरिएका
अलि अग्लो रातो सिढिले वेरिएका
र शिरमा चन्द्र—सूर्य गासिएका
अनि म मनमनै गुन्थेँ कि
तिमी टेकु चपली कि रुख हौं
१
जब तिमीलाई प्रथमपटक देखें
तिम्रा हाङ्गाहरू विङ्गामा हरिया कान्ति थिएनन्
तिमी फुलेकी पनि थिइनौ
हाङ्गामा लटरम्म फलहरू पनि थिएनन्
केवल काला हाङ्गाहरू र कालै फेद
यस्तो लाग्थो तिमी जीवित छैनौ
र जगत्ले जान्ने छैनन् कि
तिमी समी हौ या सिसौ
सतिसाल हौ या सिमल
जे होस् तिमी समयको साक्षी
देख्यौ तिमीले शुक्रराजको कथा
धन्य छोरा, छोरा हुनु त, तँ जस्तो हुनु भन्नेको व्यथा
लाग्थ्यो त्यही महान् साक्षी
मक्दिैछ र मिल्दैछ माटोमा
र पिरले पिरपिरिन्थे
अनि पिलपिलाउँदै हेरिरहन्थे
तिम्रो उजाड शरीर
तिनै माईक्रोबसका झ्यालहरूबाट
२
तर हेर्दा हेर्दै तिमी हिउदे निद्राबाट उठ्यौ
सुस्तरी सिङ्गारिएर सुन्दा वटवृक्ष बन्यौ
अनि मेरो आँखा खुसीले पिलपलाएर
छात्तिभरी माया भक्कानिएर आयो
र खुसुक्क भनें
तिमी टेकु चपली कि रुख हौ ।
३
फागुन ९ – २०६५
अच्युतप्रसाद सिलवाल
पिप्ले ४ चितवन
हाल चावहिल
