Skip to content

आँधीबेहरी झेल्दैछ घर


आँधीबेहरी झेल्दैछ घर
जसो तसो चल्दैछ घर

टेको लगाएर समयको
पुरानो घाउ भुल्दैछ घर

बिर्सेंर सबै चोट पीडा
बन्द ढोका खोल्दैछ घर

देख्दैछु उठेको धुवाँ
लाग्छ अब जल्दैछ घर

– सञ्जय जुग्जाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *