ए सरकार, तिमी कहाँ छौ
गाऊँ त सपै लुटिएछ सुन जहाँ छौ ।
खेती गर्ने खेतवारीमा, बैद्यवाको झन्डा छ ।
पुर्जा आफ्नै, दावी गर्न गए ढाडमा डन्डा छ ।।
फेरी ५२ साल शुरु भयो भन्छन्, के साँची हो
आरनहरूमा बम, वारुद र गोली बनाउने धन्दा छ ।।
अब म गाऊँ जाउँ की ? बालुवाटारमै धान रोपौँ ?
के हो चाला यस्तो ? दिनदिनै नेपाल बन्द छ ।।
व्यापार चौपट भयो, महङ्गीले ढाड सेक्दैछ ।
अँझै एमा,का,ए,म,-मा,ज,गु, सबैलाई लाखौँ चन्दा छ ।।
गोविन्द बानीयाँ !!
