खिच्चा तानी को जित नभए हुन्छ
रुढीबाद ले ग्रस्त रित नभए हुन्छ
“माया के होला, मायाको बारीमा । ”
मायाप्रेम मात्र आउने गीत नभए हुन्छ
कन्डोम सँग तुलना हुन्छ भावनाको
प्रयोग पछि फालिने प्रित नभए हुन्छ
बिभत्स मारिन्छ मान्छे लुटिन्छ चेली
प्रचारमा सिमित हक-हित नभए हुन्छ
देशचै सकी सक्यो, रोयो रे नेताजीहरू
देखाइने दात आँखामा सित नभए हुन्छ
