रित्तो सपना बोकेर


म आम्फ्नै सोचको वरपर रल्लिरहेछु
न पास छ कोही, न आश छ केही
निर्मम समयसँग
माग्छु
खुशीको भिख !
र, बनाउन खोज्छु आफूलाई आफ्नै आँखामा सम्बृद्ध,
यी आँखाका रोग बोकेर बिताउछु समय,
दु:ख र सुख को साचोमा हालेर
बैभब र निमनताको स्तर केलाएर
बिर्सिरहेछु बाँच्न
गनेर नोटका बिटा
हिसाब गर्छु धनी भएको,
जहाँ अशान्ति बोकेर, बाँचिरहेछु

केही न हुनेको, गहिरो निद्रा देखेर ईर्ष्या जाग्छ
निदाउन न सक्नु को पीडा बोकेर
अर्थ्याउन नसकेर
मर्छु म,
बिना काल
बिना शान्ति !!
रित्तो सपना बोकेर !!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *