मैले किनेका रहरहरू,
बग्दै छ जवानीसँग
रित्याएर जवानी खोज्छु
युगको हाँसो !
चिप्लिएर हिंडेजस्तो लाग्छ
पहिरोको ढुङो
बर्षातमा माटो गलेर, झर्दछ बगरमा
लडिरहेछु बगर्रको ढुङा बनेर
निष्प्राण !

नयाँ आयाममा सृष्टिको अबयब म
युगको रंगीन सपनामा पल्टिएको छु
हराउदै गएको उत्साहबिहीन
फगत बगरको ढुङो म
शालिग्राम हुन नसकेर
न भेटेर कालिको शिर
कहिले बन्छु अचानु आउने जाने यात्रीको,
कहिले चुलाको चौको
कहिले मुछिएर माटामा
गर्छु घर, पाटी पौवाको सृजना
आ-आफ्ना ईच्छाहरूमा
घोटिएको,रोपिएको,थचिएको
आफलिएको पहराबाट
झरेको झरीबाट
मुर्दा म
बगरको ढुङा म !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *