Skip to content

अखण्ड छ देश हाम्रो


सयौँ थरी जात जाति
छुट्टा छुट्टै भेष राम्रो
हिमाल पहाड तराई
अखण्ड छ देश हाम्रो ।।१।।

डाँडा पाखा पहराले
लाइदिन्छन् मित यहाँ
झरनाले छनछन् गरी
गाइदिन्छन् गीत यहाँ ।।२।।

डाँफे मुनाल मयुरले
छर्ने त्यो सन्देश राम्रो
हिमाल पहाड तराई
अखण्ड छ देश हाम्रो ।।३।।

मान सम्मान् नेपालीको
उच्च नै छ जहिले पनि
चन्द्र सूर्य झण्डा हाम्रो
झुक्ने छैन् कहिले पनि ।।४।।

रीतिथिति परम्परा
बनाई परिवेश राम्रो
हिमाल पहाड तराई
अखण्ड छ देश हाम्रो ।।५।।

बाहुन् क्षेत्री वैश शुद्ध
बनाउँदै एउटै थलो
सधैँ भरी सोच्छौं हामी
यिनै जननीको भलो ।।६।।

सगरमाथा फेदीबाट
झर्ने त्यो खोला राम्रो
हिमाल पहाड तराई
अखण्ड छ देश हाम्रो ।।७।।

सयौँ थरी जात जाति
छुट्टा छुट्टै भेष राम्रो
हिमाल पहाड तराई
अखण्ड छ देश हाम्रो ।………..दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *