कति ब्यग्र थिएँ, तिमी अाउछौं भनेर
मनभरि उमङ्का डालीहरू थिए
अंचघ्यारा गुफाका बालीहरू थिए
अस्न्ख्य चाहनाका माला, सम्झनाका धागाहरूमा उनेर
मनभरिका बेदना रोपेको थिएँ
बिहान्को झुलके घाम देखी
दिनका प्रचन्ड उष्णतामा
उसिनियर, तिमीमा प्रत्क्षारत म,
म न भएर ढुङो भै रहेछु
ब्याकुल मन बोकेर
संज्ञा सुन्य कुराईबाट मुक्ति खोज्छु
यो ब्यग्रत्ताबाट मुक्ति खोज्छु
मन छैन तिम्रो
माया दिनु छैन भने
म मुक्ति खोज्छु
यो चाहनाबाट !
माया त बन्धन हो,
बाँधिन्नौ भने
मुलतामा जोडिनौ भने,
आजाद जिन्दगी कोस्वरुप
देखाउने आर्धता, तिम्रो छल
भो चाहिन्न !
निस्ठुरी भन शहन्छु
पापी भन शहन्छु
मर्यादा भत्काउने तिमीबाट
कुनै अपेक्षा छैन् !
मृगतृष्णा भएको छ !
बालुवाका घर भएकोमा माया !
बिना अबरोध
टाडिन्छौ भने
स्वागत छ !
ती बैसालु दृष्टि बिहीन
जो उन्माद रमाउछन् कोठा सरी,
मन फेर्छन
काँचुली सरी
साथी !
के रह्यो बहार अब,
न मन रह्यो, न साथी ?
