आज फेरि बन्द भन्दै चक्काजामै गरे
ढुङ्गा हाने टायर बाले धुमधामै गरे ।
समस्याको समधान बार्ताबाटै हुन्थ्यो
नेपाल बन्द आज फेरि बिनाकामै गरे ।
बोक्सी भन्दै दोष लाए बुढी आमालाई
कपाल काटे दिसा ख्वाए तथानामै गरे ।
कहाँ छ त्यो सरकार अन्धो छ कि कसो
जे जे गरे छाती ठोक्दै खुलेआमै गरे ।
ठ्याप्प थियो सडक त्यो गुञ्जिदै थे नारा
लाम लस्कर मुलबाटोमा तामझामै गरे ।
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
हाल साउदी अरब

sarai ramro 6 hajur ko gajal haru
sarai ramro 6 hajur ko gajal haru