उनी औधी भलाद्मी देखिन्थे । वरपरका मानिसहरू पनि यिनलाई खुवै ईज्जतदार मान्दथे उनका नातेदार र साथीहरू उनलाई एउटा निष्ठावान व्यक्तिका रुपमा लिन्थे ।
आशुतोष जुन पार्टीमा समावेश थिए उनको हैसियत राम्रो र उनका कुराहरू पार्टीमा धेरैले मन पराऊँथे । उनको गला र साहित्य पनि मीठो र गर्विलो थियो । उनका अगाडि मानिसहरू आफूलाई निरिह र कमजोर ठान्थे । समग्रमा भन्नुपर्दा उनको व्यक्तित्व आकर्षक र रवाफपूर्ण थियो । मिजास मिलनसार र सबैका आँखाका नानी थिए उनी ।
उनको छविले जब सगरमाथाको उचाई पकडिदै थियो । उनको एकमात्र २४ वर्षको छोराले नो वर्षीय छिमेकी र हाडनाताकै एक बालिकालाई ललाई फकाई एकान्तमा लगेर बलात्कार गरेको समाचार चारैतिर फैलियो । सबै आश्चर्यचकित बने ।
उनले गाऊँ समाज पार्टी र देशलाई केही दिनको लागि भनेर लाग्दा आफ्ना परिवार र सन्ततिलाई समय दिन नसकेकोले उनको छोरो मतिभ्रष्ट भै यस्तो भएको रहेछ । खराव संगतमा फसेका आजका युवाको खराव बानीको प्रतिनीधि पात्र थियो ऊ । उसकी आमाले सबै आवश्यकता पूर्ति गर्ने गरेकोले ऊ मात्तिएर खराब बाटामा लागेको थियो ।
बलात्कारको एकदिन पछि उनको छोरो जेलतर्फ जाँदै थियो भने उनको लाश नजिक बसेर उनकी श्रीमती शीला आफ्नो भाग्यलाई नजिकबाट नियाल्दै थिइन् किंकर्तव्यविमूढ बनेर । छिमेकी र उनलाई चिन्नेजान्ने मान्छेहरू भन्दै थिए आशुतोषको मृत्यु आफ्नै सन्तानको कारणले भयो भने छोराको निकृष्ट व्यवहारको कारण आमा शीला थिइन् । यस्ता सन्तानको बाबु बनेर मर्नु कसैलाई नपरोस् ।
चूडा निर्भिक
हाल काठमाण्डौ
