Skip to content

माया गर्छु भनेको, के ढुकढुक गर्छौ


माया गर्छु भनेको, के ढुकढुक गर्छौ
हुन्छ या हुन्न भन के झुकझुक गर्छौ

हास्न बोल्न छाड्यौ प्रस्ताब गरे यता
बधाइ अरु नै भए के सुकसुक गर्छौ

ऐश्वर्या त होइनौ नि सबै पछि परोस
म मिले ठिकै छ नि के थुकथुक गर्छौ

जिन्दगी सूखले होइन शान्तिले कट्छ
सन्तुस्टी रोजेको छौ के लुकलुक गर्छौ

तिथि तय भो तोरणको विवाह पक्का
रीत हो पराइघर जानु के हुकहुक गर्छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *