अजम्बरी माया थियो, टाँढा बनायो कस्ले
दिलमा डेरा जमाई खै, छाँडा बनायो कस्ले
भैगो बिर्सु भने पनि, पीडाले छाती पोल्छ
समाज बीच हर पलमा, गाँढा बनायो कस्ले
हरेक क्षणमा धोका दिदै, अहंकार देखाउदै
फुल जस्तो मायालाई, काँडा बनायो कस्ले
मृत्युको मुखमा बाचेको छु, जीवनमा आज
क्षितिजपारि नदेखिने, डाँडा बनायो कस्ले
बाधी राख्नु प्रीत भन्दै, चौरासी बेञ्जन दिई
स्वीकारेर खुवाएको थिए, माँडा बनायो कस्ले
दिवाकर भट्टराई
दमौली, तनहुँ
