Skip to content

चाँदनीको कालो धब्बा


चाँदनीको कालो धब्बा पनि लाली लाग्छ
तिमी बिना शहर यो खाली खाली लाग्छ

पीडामा छु रोएको छु यस्तो बेला भने
किन किन सम्बेदना पनि ताली लाग्छ

छैन विस्वास कसैको मलाई आजभोलि
आफ्ना मान्छे भन्नेहरू सबै जाली लाग्छ

आँखाभरि बिगतका क्षण नचाउँदै
सम्झदाँ पुराना क्षण झन् कहाली लाग्छ

चाहे गाउँ छोडेर म जहाँ जता जाउँ
जसलाई देखे पनि मेरै काली लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *