हिउँभन्दा चिसो आगोभन्दा तातो
तिम्रो हाम्रो माया रैछ रगतभन्दा रातो

यो साइनोले मुटुमा लै लै गाडिसक्यो जरो
रातमा पनि दिनमा पनि आइरहन्छ झझल्को

यो साइनोको सम्झना लै लै बसेछ आँखैमा
पारीबाट गाउँला गीत प्रीतिको भाकैमा

कञ्चनजङ्घा हिमाल लै लै डाँडा पारि पारि
चार जात छत्तिस वर्ण एउटै फुलबारी

शब्द – नीर शाह
स्वर – डेनी डेन्जोङ्पा
संगीत – सम्भुजित बासकोटा
एल्बम – कान्छीलाई घुमाउने काठमाण्डौं शहर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *