भेट्दा अघि नै पर्खिने बानीले बिगार्यो
छुट्दा परसम्म फर्किने बानीले बिगार्यो
के कुरा गर्नु तिम्रो रुप तिम्रो बाँकी अहा!
फुर्क्याएको मात्र सर्किने बानीले बिगार्यो
टिमिक टिमिक पहिरण पोटिला बदनहरू
मस्किदै लचक्क लर्किने बानीले बिगार्यो
छुनै हुन्न बादली केस भै गयौ पानी पानी
घमाइलो मौसम दर्किने बानीले बिगार्यो
यौन दीर्घकालिन घाउ हो हेर जवानीको
चस्स भैरा बेला चर्किने बानीले बिगार्यो
