मनैको बह ओठैले खोल्न, फर्केर आउन ।
धानैको बाला लर्के झैं गरी, लर्केर आउन ।
बादलुसँगै उडेकी छौरे जमेर पानी भै
पहाड माथि ठोकिई अब, दर्केर आउन ।
बाडुली लाग्यो संम्झदा तिम्ले मनैमा बसेर
दुख्दा यो छाती चक्र्यो नि मुटु, सर्केर आउन ।
मोहनी रुप चड्दो छ बैंश उर्लिदो जवानी
गर्नेछन् सबै तारिफ तिम्रो, तर्केर आउन ।
दुश्मन बने तिम्रो र मेरो मायाको बिचैमा
बुद्धको ज्ञान शान्तिको जल, छर्केर आउन ।।…..दर्पण
