Skip to content

मरे अब कात्रो


मरे अब कात्रो, बेरी दिनु तिमी ।
चिताभित्र लास, घेरी दिनु तिमी ।।

बाच्नु मैले यहाँ, कुनै अर्थ छैन,
बाँच्दिन म घाँटी, सेरी दिनु तिमी ।।

सक्छौ भने मेरो, दिल मुटु अनि,
यो संसार पनि, फेरी दिनु तिमी ।।

अलि कति दया, गर्छौ भने मेरो,
एउटा चिहान, हेरी दिनु तिमी ।।

माग्दिन अरु, केही पनि अब,
श्रद्धान्जली मर्दा, खेरी दिनु तिमी ।।

रेगिस्तान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *