मलाई सधैं भन्छन् बाऊ
मेरै भर परिस् किन ।
बुढी पाल्न सक्दैनस् त
तैले बिहे गरिस् किन ।।१।।
सबैले नै भन्थ्ये मलाई
बुढीको त माया प्यारो ।
के थाहा हजुर मलाई नि
बिहे गर्दा हुन्छ गाहो ।।२।।
बुढी भन्छे ललाई फकाई
गरी मलाई हरिस् किन ।
बुढी पाल्न सक्दैनस् त
तैले बिहे गरिस् किन ।।३।।
पिर चिन्ता विर्सन्लाई
भट्टी छिरुँ छिरुँ लाग्छ ।
जताबाट आको थिएँ
आखिर उतै फिरुँ लाग्छ ।।४।।
आमा भन्छिन् निकम्बा तँ
कुदिनमा झरिस् किन ।
बुढी पाल्न सक्दैनस् त
तैले बिहे गरिस् किन ।।५।।
दुःखै दुःखको थुप्रो मात्र
मेरै भागमा पर्नु पर्छ ।
हैन दैव अरु छैनन्
मेरै गिद्धिमा चर्नु पर्छ ।।६।।
मस्कुराउँदै दैव भन्छन्
यति चाँडो गलिस् किन ।
बुढी पाल्न सक्दैनस् त
तैले बिहे गरिस् किन ।।७।।
मलाई सधैं भन्छन् बाऊ
मेरै भर परिस् किन ।
बुढी पाल्न सक्दैनस् त
तैले बिहे गरिस् किन ।…….दर्पण
