Skip to content

गरीबको जिन्दगी


बाध्यतामा बस्नुपर्ने गरीबको जिन्दगी
कहिले सुख भन्नु छैन गरीबको जिन्दगी

कहिले भोक कहिले तिर्खा निद्रा छैन रातमा
असहाय गरीबको कोही छैन साथमा

गरिबी मै थिच्चिएर बस्नुपर्ने सधै उनले
कहिले पाटी पौवा साथ देला उनलाई कसले

मुटु मित्रका मायारुपी भावनाका तिखा लहर
एक अर्का ब्यक्तिसँग ब्यक्त गर्ने कस्तो रहर

भावानामा साहित्य छ नेपालीको आङ्खनै पन
मनभित्र रचेका छन आङ्खनै भाषा छाटि कन

अवसर नै छैन उनलाई आशा पनि गर्न छोडे
मन भित्रको कथा ब्याथा मन भित्रै लुकाई हिंडे

हे मुर्ख ठुला वडा स्वार्थ मात्रै ठुलो नठान
उनीहरूका कला र रचना अमूल्य छन भनी ठान

माथि गरिबी उथान र हिंसा बिरुद्घ बहस गरिरहे
तल्लो तला बालबालिका हिंसात्मक कार्य गरिरहेछौ

अवसर देऊ ठाउ देऊ नेपाली मन ऊ पनि त हो
केवल नेपाली भनेर त सोच त्यो तिम्रो नेपालीपन त हो ।

मनिषा अवस्थी
ठेगाना : पिपलाडी ०७ कञ्चनपूर

प्रकाशोन्मुख कृतिहरू
संघर्ष : (निबन्ध संग्रह)
नारीको पीडा : (उपन्यास)
शोषित नारी : (कविता संग्रह)

Leave a Reply

Your email address will not be published. Required fields are marked *