बन पाखाबाट हुँदैहुदै उड्यो एक हुल चराहरू
बासस्थान छोडी रुदैदुदै उड्यो एक हुल चराहरू
कोही पखेटा भाँचिएका कोही खुट्टा भाँचिएका
छातीमा रगत चुदैचुदै उड्यो एक हुल चराहरू
बिचल्ली परे बरुद धूँवा र गोलीका छिर्काले
फुटेका घाउपिप धुदैधुदै उड्यो एक हुल चराहरू
बचेरा गुम्यो,परिवार गुम्यो हिंडे नफिर्ने गरी
आखिरी हागा लुदैलुदै उड्यो एक हुल चराहरू
धेरै गुनासो गरे घर बस्ने जंगल पस्यो भन्दै
बौद्धको मूर्ति छूदैछुदै उड्यो एक हुल चराहरू
