ओड तिमी ओड्यौ भने फल्छ जीवन
तोड तिमी तोड्यौ भने फल्छ जीवन
तीस दिने महिना तेत्तिस दिने पर्ब
छोड तिमी छोड्यौ भने फल्छ जीवन
खेतीबाली नै प्रमुख आय स्रोत हो
गोड तिमी गोड्यौ भने फल्छ जीवन
एक दस सय, एकदिन लाख हुन्छ
जोड तिमी जोड्यौ भने फल्छ जीवन
जुवातास रक्सीजाड गलत छ बाटो
मोड तिमी मोड्यौ भने फल्छ जीवन
जंगल भै सक्यो पौरख खड्केर खेत
झोड तिमी झोड्यौ भने फल्छ जीवन
यी उपदेश लागेन भने तोरणलाई
फोड तिमी फोड्यौ भने फल्छ जीवन
