बसन्तको हराभरा सौन्दर्य कति राम्रो आहा
थामिएन मेरो मन एउटा गीत लेखे मैले जहा
स्वर्ग जस्तै लाग्छ मलाई सधै यस्तो भए हुन्थ्यो ।
बसन्त नै जीवनमा भइदिए शिशिरमा मन किन रुन्थ्यो ।
भनिन्छ जीवनमा नै बसन्त र शिशिर आउछ
बसन्तका कोइली जस्तै कहिलेकाही मन रुन्छ ।
आहा बसन्त चारैतिर हरियाली भमरामा उमंग छ ।
राष्टीय फूल लालीगुँरासको कोपीला ल्याउने क्षमता पनि उसैमा छ ।
बर्णन पनि कति गरु चौरपाखा बनजगंलको
स्वाद नै अर्कै लाग्छ बसन्तमा खुशी र उमंगको
कोपिला र फूलको रसमा भमराहरू भुनभुनाउदै
कविहरू रमी-रमी लेख्दैछन कविता गुननूनाउदै
मनुष्य जाति स्वर्ग खोज्छ कहाँ छ र योभन्दा ठुलो स्वर्ग
मानवीय भोगाईका प्रत्येक लालचीपनलाई
बिर्साइदिन्छ र पो मान्छे बिर्षिन्छ
बसन्तको हराभरा सौन्दर्य कति राम्रो आहा
थामिएन मेरो मन एउटा गीत लेखे त्यहा ।
मनिषा अवस्थी
ठेगाना ः पिपलाडी ०७ कञ्चनपूर
प्रकाशोन्मुख कृतिहरू
संघर्ष ः (निबन्ध संग्रह)
नारीको पीडा ः (उपन्यास)
शोषित नारी ः (कविता संग्रह)

नरिसाउने भए एक कुरा भनौ कि
चित्रमा अनुहार हेर्दा मेरी छोरी जस्तै लाग्यो । तर गीत कविता पढ्दा भने साधना गर्न निकै कमी भएको जस्तो लाग्यो । शब्दचयन र भावहरुको सन्तुलनमा ख्याल गर्नुहोला । केही सुझाव चाहिए निःशङ्क भलाइ भन्नुहोला ।