Skip to content


नडराऊ है मन
सन्ताप गर्दै पिडोलिनु पर्दैन
किनकि हरेक अन्त्यपछि
फेरि
नयाँ सुरुवात हुन्छ !

ठुलोभन्दा ठुलो दुर्घटनाले पनि
कसैको अस्तित्व कहाँ मेटाएको छ र ?
बरु नियालेर हेर न
दुर्घटनाहरूले मान्छेलाई अरु सचेत बनाउदै
अस्तित्वको खोजी गर्न प्रेरित गरेको छ !

तिमी मात्र आफ्नो मनमा
निराशालाई वास बस्न नदेऊ
मनभरी आशा रोपी हेर न
जिन्दगीको यो बाटो छोड्न बाध्य भएपनि
तिमीले हिम्मत गर्यौ भने
नयाँ बाटो अवश्य भेट्ने छौ
जुन बाटोबाट तिमी तिम्रो गन्तव्यमा पुग्ने छौ !
अवश्य पुग्ने छौ !

सजना तमु
ईजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *