Skip to content

भन्दा नै “चार जात छत्तिस बर्ण” भन्यो


पुर्खादेखि आयो रिवाज बद्लाउन त सक्दिन
पथ्थर जस्तै कट्टर छ, पग्लाउन त सक्दिन

भन्दा नै “चार जात छत्तिस बर्ण” भन्यो
कसरी सम्भब अब एकै, सग्लाउन त सक्दिन

तीस वटा दिन महिनामा तेत्तीस दिन पर्व
सोच धुलोकै प्रगति पथ अग्लाउन त सक्दिन

गोठ सराइ धारामा रोकाइ छदै छ नी अहिले
सन्ततीको हस्तान्तरण रोकलाउन त सक्दिन

तोरन राई
झापा, नेपाल
हाल दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *